Schedule 13
कोष सम्झौताको धारा १९ को दफा ४

धारा १९ दफा ४. मुद्रा प्रदान गर्ने दायित्वः यस धाराको दफा ५ अन्तर्गत कोषले तोकेको
भागिदारले यस धाराको दफा २(ए) अन्तर्गत विशेष रकम झिक्ने अधिकारहरु
प्रयोग गर्ने भागिदारलाई माग भएमा स्वतन्त्र रुपले प्रयोग गर्न सकिने मुद्रा
प्रदान गर्नेछ । भागिदारको मुद्रा प्रदान गर्ने दायित्व उसको खूद सञ्चित मागभन्दा
बढी भएको विशेष रकम झिक्ने अधिकार त्यो देशको खूद सञ्चित मागभन्दा
दोब्बर बढी भएसम्म वा कोष र भागिदारको बीचमा मञ्जूरी भएबमोजिमको
माथिल्लो हदसम्म मात्र सीमित रहनेछ । कुनै भागिदारले दिन अनिवार्य भएको वा
मञ्जूरी भएबमोजिम माथिल्लो हदभन्दा बढी मुद्रा प्रदान गर्न सक्नेछ ।
 

धारा १९दफा ५.मुद्रा प्रदान गर्न भागिदार तोक्नेः (ए) कोषले यस धाराको २(ए) र ४ को
प्रयोजनको लागि विशेष रकम झिक्ने अधिकारहरुको निश्चित रकमको मुद्रा प्रदान
गर्न भागिदारहरुलाई तोकी भागिदारहरुले आफ्नो विशेष रकम झिक्ने अधिकारहरु
प्रयोग गर्न पाउने निश्चित गर्नेछ । निम्नलिखित सामान्य सिद्धान्तहरु र कोषले
समय समयमा मानेका सिद्धान्तहरुको आधारमा तोक्ने काम हुनेछः–
(१) भुक्तानी सन्तुलन र सम्पूर्ण सञ्चयको स्थिति पर्याप्त बलियो भएको
भागिदारलाई तोक्न सकिनेछ । तर यसले बलियो सम्पूर्ण सञ्चय स्थिति भएको
कुनै भागिदारलाई यस्को भुक्तानी संतुलनमा साधारण घाटा भए पनि तोकिनमा
कुनै बाधा पार्ने छैन । भागिदारहरुलाई यस तरीकाले तोकिनेछ जसले
उनीहरुमा पछि विशेष रकम झिक्ने अधिकारीहरुको सन्तुलित विभाग विभाजन
बढाउनेछ ।
(२) यस धाराको ६ (ए) अन्तर्गत पुन संस्थापन बढाउनलाई विशेष रकम झिक्ने
अधिकारहरुको मौज्दातमा नकारात्मक संतुलन घटाउन र यस धाराको दफा ३
(ए) मा गरिएको आज्ञा पूर्तिको असफलताको प्रभावलाई हटाउन भागिदारहरु
तोकिन सकिने छन् ।
(३) कोषले भागिदारहरुलाई तोक्दा साधारणतः (२) अन्तर्गत तोक्ने उद्देश्यको
पूर्तिको लागि विशेष रकम झिक्ने अधिकारहरु प्राप्त गर्न आवश्यकता
भएकालाई अग्राधिकार दिनेछ ।
(बी) कोषले (ए) (१) अन्तर्गत भागिदारहरुमा पछि विशेष रकम झिक्ने
अधिकारहरुको संतुलित विभाजन बढाउने उद्देश्य राखी अनुसूची “एफ” वा
तल (सी) अन्तर्गत जारी गरिएको तोक्ने सम्बन्धमा नियमहरु लागू गर्नेछ ।
(सी) तोक्ने सम्बन्धमा नियमहरु उपर प्रथम तथा त्यसपछिको प्रत्येक मूल्य
अवधिको अन्तमा पुन विचार हुनेछ र पुन विचारको परिणाम स्वरुप कोषले
नयाँ नियमहरु जारी गर्न सक्नेछ । नयाँ नियमहरु लागू नभएमा पुन विचार
गर्दाको समय लागू भएका नियम लागू भइरहनेछ ।

धारा १९ दफा २. (ए) भागिदारहरुको बीचको व्यवहारः कुनै भागिदारले यस धाराको दफा
५ अन्तर्गत तोकिएका कुनै भागिदारबाट बराबर रकमको मुद्रा प्राप्त गर्न आफ्नो
विशेष रकम झिक्ने अधिकारहरुको प्रयोग गर्न सक्नेछ ।